जम्मू काश्मिरमा आतंकवादी हमला, एक नेपालीसहित २७ जनाको मृत्यु

जम्मू काश्मिरमा आतंकवादी हमला, एक नेपालीसहित २७ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारत नियन्त्रित काश्मिर क्षेत्रमा मंगलबार राति भएको आतंककारी हमलामा २७ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेका छन् । हत्या हुनेमा नेपाली र यूएइका पनि भएको समाचारमा उल्लेख छ ।


अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमलामा परेर मारिएको घटनामा मृतकको नाम सार्वजनिक गरिएको छैन ।

जम्मु र काश्मिरका मुख्यमन्त्री ओ मार अब्दुल्लाले आतंककारीहरुलाई जनावर उपनाम दिएर खण्डन गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले हत्यारालाई सजाय हुने बताएका छन् ।

आतंककारीले हमला गरेको जम्मु काश्मिर क्षेत्रको पहलगाम हिमालय क्षेत्रको पर्यटन गन्तव्य भएर भारतको स्विट्जरल्याण्डको रुपमा चर्चित छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय