राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले आजको प्रदर्शनमा सीमित नेता सहभागी हुने जानकारी दिए ।
उनले सामाजिक सञ्जालमाफृत भनेका छन्– भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।
अध्यक्ष लिङदेनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबी समेत गरेका छन् । उनले आफूहरूले जे गर्नु छ भनेरै गर्ने भएकोले नआत्तिन सरकारलाई सुझाव दिएका छन् ।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Frajendra.lingden.5%2Fposts%2Fpfbid033GNzTtNQWKG9w7iEqzT6XPvYnVZLj7NLAEoAqEuimhGWVhoY85c3VtjgQh2VVrx1l&show_text=true&width=500




