सुनको मूल्य प्रतितोला १ लाख ९० हजार नाघ्यो

सुनको मूल्य प्रतितोला १ लाख ९० हजार नाघ्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय