ओली–देउवाबिच एक घण्टा छलफल, सरकार परिवर्तनको चर्चा

ओली–देउवाबिच एक घण्टा छलफल, सरकार परिवर्तनको चर्चा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सरकार परिवर्तनको चर्चाकाबिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएर एक घण्टा छलफल गरेका हुन् ।

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारले गति लिन नसकेको बताइरहँदा प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गरेका हुन् ।

छलफलमा के विषयमा कुराकानी भयो भन्नबारे भने सार्वजनिक गरिएको छैन । यद्पी भेटमा सरकार परिवर्तनको हल्लाबारे दुई नेताबिच गहन छलफल भएको स्रोतले बतायो ।

छलफलमा सरकारलाई थप प्रभावकारी बनाउन राजनीतिक संयन्त्रलाई सक्रिय बनाउने कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ सरकार बन्ने दाबी गरिरहेका छन् । नयाँ सत्ता समीकरणका लागि प्रचण्डले कांग्रेस नेताहरूसँग छलफल समेत गरिरहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय