विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको (सोमबार) बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।

सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। ‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय