यू-१९ विश्वकप : नेपालको लगातार दोस्रो जित, ओमान पराजित

यू-१९ विश्वकप : नेपालको लगातार दोस्रो जित, ओमान पराजित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो।

नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा हिजो यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो ।

यस्तै आजै तल्लो मूलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराएको छ।अफगानिस्तानले पहिलो खेलमा ओमानलाई पनि ८ विकेटले हराएको थियो । एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय