नेता लोहनीको चेतावनी- राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ

नेता लोहनीको चेतावनी- राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने बताएका छन् । राजावादी शक्तिहरूको समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लोहनीले शान्तिपूर्ण आन्दोलनलाई कमजोर नसम्झन चेतावनी दिए।

‘उनले भने, ‘हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ। अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन अब संघर्ष गर्ने समय आएको छ।’ नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने चेतावनी दिए। नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उनको जिकिर थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय