अछाममा भीषण आगलागी, २७ घर जलेर नष्ट

अछाममा भीषण आगलागी, २७ घर जलेर नष्ट

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी हुँदा २७ वटा घरटहरा जलेर नष्ट भएका छन् । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर मंगलबार साँझ ७ बजेतिर आगो सल्किएको थियो ।

हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसल नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

रातभरको प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको उनले बताए। आगो मङ्गलसेन नगरपालिकाको दमकलको सहायतामा नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट खटिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले नियन्त्रणमा लिएका हुन्। आगलागीबाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय