राजसंस्था नफर्केसम्म सडकमै खान्छौं, सडकमै सुत्छौं : राप्रपा नेतृ पोखरेल

राजसंस्था नफर्केसम्म सडकमै खान्छौं, सडकमै सुत्छौं : राप्रपा नेतृ पोखरेल

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने चेतावनी दिएकी छिन्।

आज बल्खुमा आयोजित राप्रपाको आमसभामा बोल्दै उनले गणतन्त्रवादीहरूले देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी हुन् । उनले प्रहरी हिरासतमा रहेका दुई नेताहरूलाई तत्कालै रिहा गर्न पनि उनले माग गरेकी छन्। यदि आफ्नो माग पूरा नभएमा ७ गतेदेखि सडकमै खाने बस्ने र सुत्ने उनको भनाइ छ।

उनले भनिन्, ‘आज हाम्रो रगत तातेको छ । हाम्रा नेता गणहरूलाई थुनेर राखेका छन्। उहाँहरूलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु । यो आज हाम्रो सुरुवात हो । अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौँ, यहाँबाट चल्दैनौं । राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौं ।’ उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरिन्।

‘आजै तिमिहरू भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथीहरूले कुट्ने छन्,’ पोखरेलले भनिन्, ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’ उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय