राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न रोक, सिफल चौर वा बल्खुमा आयोजना गर्न आग्रह

राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न रोक, सिफल चौर वा बल्खुमा आयोजना गर्न आग्रह

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार राप्रपा बागमती प्रदेश कार्य समितिलाई पत्र पठाउँदै चैत २६ गते भृकुटीमण्डपमा आमसभा आयोजना गर्न अनुमति नदिने निर्णय गरेको हो।

प्रशासनले सो स्थानमा शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमजस्ता पूर्वनिर्धारित कार्यक्रम भइरहेका र सुरक्षा संवेदनशीलता बढेको कारण देखाउँदै माग गरिएको स्थान उपयुक्त नभएको जनाएको छ।

प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा राप्रपालाई सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ।

राप्रपाले मिति चैत २२ गते शुक्रबार अपराह्न ४ः२१ बजे जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत भृकुटीमण्डपमा आमसभा गर्न अनुमति मागेको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनद्वारा हस्ताक्षरित पत्रमा सुरक्षालाई ध्यानमा राखी वैकल्पिक स्थान छनोट गर्न आग्रह गरिएको उल्लेख छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय