घरबाटै पक्राउ परे रवि लामिछाने

घरबाटै पक्राउ परे रवि लामिछाने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । संगठित रूपमा सहकारी ठगी गरेको आरोप लागेका लामिछानेलाई उच्च अदालत बुटवलको इजलासले थुनामा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई घरमै गएर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आज काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिनेछ । भोलि मात्रै उनलाई भैरहवा लग्ने तयारी गरिएको छ । शुक्रबार उच्च अदालत बुटवलले थुनामा पठाउने आदेश गरेलगत्तै बुढानीलकण्ठस्थित लामिछानेको निवासमा प्रहरीको टोली पुगेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेपछि उनी उच्च अदालत पुगेका थिए । तर, उच्च अदालतले थुनामा पठाउन आदेश दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय