सबै राज्य शक्ति ममाथि खनाइयो, तर विचलित भएको छैन : कुलमान घिसिङ

सबै राज्य शक्ति ममाथि खनाइयो, तर विचलित भएको छैन : कुलमान घिसिङ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन् । सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए । प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए । उनले भने, ‘पहिला प्राधिकरण धाउने अवस्था थियो, अहिले फेरियो, बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ ।’ उनले लोडसेडिङको अन्त्य गरी ३० लाख विद्यार्थीहरूको भविष्य बनाउन पनि सफल भएको बताएका छन् ।

घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । उनले आम नागरिकको रुपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने उनले बताएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रुपमा कहिले कम हुने छैन,’ उनले भनेका छन्, ‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छ, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’

उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन् । ‘प्राधिकरणलाई बक्यौता असुल गर्ने काममा अवरोध सिर्जना गरियो, विद्युत्मा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो,’ ममाथि वर्तमान ऊर्जामन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो, परिपक्व सल्लाह मार्गदर्शन दिनुको सट्टा मनोबल गिराउन सुनियोजित आक्रमण गरियो ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय