तीनकुने घटनाका मृतकका परिवारलाई सरकारले जनही १० लाख दिने

तीनकुने घटनाका मृतकका परिवारलाई सरकारले जनही १० लाख दिने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सरकारले काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही १० लाखका दरले आर्थिक सहयोग गर्ने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो । आन्दोलनका क्रममा घाइतेहरुको उपचार भइरहेको छ । आन्दोलनकारीले तोडफोड र आजगनी गर्दा ठूलो आर्थिक क्षति समेत पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय