मिनबहादुर गुरुङले भनेको ‘७०-७५ करोड क्षति’बारे भाटभटेनी भन्छ- लाख भन्नुपर्नेमा करोड भएछ

मिनबहादुर गुरुङले भनेको ‘७०-७५ करोड क्षति’बारे भाटभटेनी भन्छ- लाख भन्नुपर्नेमा करोड भएछ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गत शुक्रबार तीनकुने क्षेत्रमा भएको आन्दोलन र तोडफोडका क्रममा भाटभटेनी सुपरमार्केट्समा भएको क्षतिबारे मिनबहादुर गुरुङले दिएको अभिव्यक्ति भाटभटेनीले ‘करेक्सन’ गरेको छ।

सोमबार एक सूचना जारी गर्दै त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले क्षतिको बारेमा मिडिकर्मीले गरेको प्रश्नमा जवाफ दिने क्रममा ७०-७५ लाख हुनुपर्नेमा करोड बोलेको भनी ‘करेक्सन’ गरेको हो।

इन्जिनिएर र अन्य साथीहरूले पूरा विवरण तयार पारिरहेको बताउँदै गुरुङले करिब ७०-७५ करोडको क्षति भएको बताएपछि उक्त विषयमा गुरुङको आलोचना भइरहेको थियो।

यसैबीच भाटभटेनीले यसबारे एक सूचना जारी गरी बोल्ने क्रममा गल्ती भएको बताएको हो।

‘केही पत्रकार मित्रहरूले गरेको प्रश्नको जवाफ दिने क्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरूङले ७५-८० लाख बराबरको क्षति भएको अनुमान गरिएको भन्नुपर्नेमा तोडफोड र लुटपाटलगत्तैको समय पनि भएकाले भुलवश ७०-७५ करोड भन्नुभएको विषयलाई सच्याइएको छ,’ सूचनामा भनिएको छ।

साथै, कोटेश्वर भाटभटेनीमा भएको लुटपाट र तोडफोडको प्रारम्भिक अध्ययन अनुसार ८० लाखको क्षति भएको भाटभटेनीको जिकिर छ।

यहीँ चैत्र १५ गते राजावादीहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए। सोही क्रममा हुल भाटभटेनीमा छिर्दा क्षति भएको थियो। यस विषयमा अनुसन्धान भइरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय