दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा

दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा दलितको घर भत्काएको अभियोगमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाले उनीहरुलाई नियन्त्रणमा लिएर राखेको हो। महायज्ञको तयारीका लागि भन्दै पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले औरही गाउँपालिकाको वडा नम्बर ५ मा रहेको दिपक मरिक (डोम)को घरमा डोजर लगाएर भत्काएका थिए।

सोधपुछका लागि बोलाएपछि उनीहरु दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा अहिलेसम्म उजुरी भने परेको छैन्। पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय