सिङ्गापुरविरुद्ध नेपालको ऐतिहासिक जित

सिङ्गापुरविरुद्ध नेपालको ऐतिहासिक जित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । जिलेप्सीजंग कार्कीको एक मात्र गोलमा नेपालले शुक्रबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरलाई १–० ले पराजित गरेको छ ।

नेपालले सिङ्गापुर नेशनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो । खेलको १२ औं मिनेटमा जिलेप्सीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिङ्गापुरलाई हराएको यो नै पहिलो पटक हो । यसअघिका दुई औपचारिक खेलमा सिङ्गापुर नै विजयी रहेको थियो । यस्तै नेपालले सिङ्गापुरलाई गोल गरेको समेत यो पहिलो पटक हो । अब नेपालले एसिया कप छनोट तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय