प्रचण्डले भने- फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन

प्रचण्डले भने- फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।

उक्त कार्य उचित नभएको प्रचण्डको भनाइ छ ।

सामाजिक संजाल फेसबुकमा उनले भनेका छन्- लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले ‘प्रचण्ड’को आलोचना गर्दै फोटो जलाएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय