चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, बर्न अस्पतालमा उपचार हुँदै

चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, बर्न अस्पतालमा उपचार हुँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 चन्द्रागिरिमा गएराति एकजनाले आत्मदाहको प्रयास गरेका छन्। उनको उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको छ।

स्थानीय उत्तम कार्कीले गएराति साढे १२ बजेतिर फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका थिए। यो घटना थाहा पाएपछि पुगेर उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्‍याएको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले बताए। उनको हात र अनुहारमा जलेको छ। स्वास्थ्य अवस्था सामान्य छ।

फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय