सरकारले ल्याएका पाँच वटा अध्यादेश संसद्‌बाट स्वीकृत

सरकारले ल्याएका पाँच वटा अध्यादेश संसद्‌बाट स्वीकृत

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् ।

प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् ।

प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।

योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ । अब प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशहरु विहिबार राष्ट्रियसभामा पेश गर्ने तयारी रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय