अमेरिकाबाट निष्कासित १० नेपाली काठमाडौं आइपुग्दै

अमेरिकाबाट निष्कासित १० नेपाली काठमाडौं आइपुग्दै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अमेरिकाबाट निष्कासित भएका १० नेपाली आज अमेरिकी चार्टर विमानमार्फत काठमाडौं आइपुग्दै छन्। १० नेपालीलाई लिएर अमेरिकी चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अध्यागमन विभागले जनाएको छ। 

नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउनेछ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएकोे अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक  नेपाली फर्काइएका थिए । 

माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउने क्रम जारी छ। तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली विनाभिसा अमेरिका छिरेको अनुमान छ । बुधबार काठमाडौं आउने अमेरिकी जहाज बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्किने विमानस्थल कार्यालयले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय