पशुपति बालुवामा भ्रष्टाचार प्रकरणमा पूर्वएलडीओसहित तीन जना पक्राउ

पशुपति बालुवामा भ्रष्टाचार प्रकरणमा पूर्वएलडीओसहित तीन जना पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

सीआईबीका प्रवक्ता खड्काका अनुसार पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।

जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय