रुपन्देहीमा युवकको गोली हानी हत्या

रुपन्देहीमा युवकको गोली हानी हत्या

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रुपन्देहीको मायादेवी गाउँपालिका–२ चटहवामा अज्ञात समूहले गोली हानेर एक युवकको हत्या गरेको छ।

शनिबार बिहान करिब ७ बजेतिर घरमै रहेका २९ वर्षीय राकेश लोधमाथि गोली हानिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए।

लोधको टाउको गोली लागेको छ। प्रहरीले घटनास्थलबाट मुचुल्का उठाइरहेको छ। थप विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रवक्ता कार्कीले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय