सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो

सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भुकम्पले पुराएकाे क्षतिको पुर्ण विवरण आउन बाकी छ । बिहान ५:४५ सम्मको विवरण अनुसार मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।

यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ ।

अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ।

शुक्रबार  विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय