प्रकृति लम्सालको राति नै गरियो अन्तिम संस्कार

प्रकृति लम्सालको राति नै गरियो अन्तिम संस्कार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ।

बुधबार साँझ भारतबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारीघाटमा दाहसंस्कार गरिएको हो।

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो। लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो।

त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो। लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठूलो संख्यामा सहभागिता रहेको थियो। केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय