सुपारी, केराउ र मरीचको आयात खुला

सुपारी, केराउ र मरीचको आयात खुला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।

सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ गते वस्तु पैठारीमा बन्देज लगाएको थियो । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको हो । 

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी र मरीच आयातका लागि अनुमति दिइएको हो । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरीच आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय