प्रकृति लम्साल मृत्यु प्रकरण : ओडीसा राज्य सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

प्रकृति लम्साल मृत्यु प्रकरण : ओडीसा राज्य सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारतको ओडिसा राज्य सरकारले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारबारे छानविन गर्न उच्चस्तरयि जाँचबुझ समिति गठन गरेको छ ।

मुख्यमन्त्री मोहन चरण माझीको अग्रसरतामा राज्यसरकारले गठन गरेको समितिले विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा शक्तिको दुरुपयोगको जाँचबुझ गर्ने जनाएको छ । मुख्यमन्त्री माझीले सोमवार विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए । 
ओडिसा राज्यसरकारको सूचना विभागद्धारा मंगलवार जारी विज्ञप्ति अनुसार जाँच बुझ समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिब, महिला तथा वाल विकास विभागका सचिब, उच्च शिक्षा विभागका अधिकारी सम्मिलित जाँचबुझ समिति गठन भएको छ । 
‘समितिले विद्यार्थीमाथ विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग समबन्धी छानविन गर्ने र उनीहरुलाई कानूनीरुपमा जबाफदेही बनाउने छ’ सूचना विभागको विज्ञप्तिमा भनिएको छ ,‘राज्य सरकार विद्यार्थीहरुको सुरक्षा, सम्मान एवं हकहितका लागि कार्य गर्न प्रतिबद्ध छ । निस्पक्ष र शीघ न्याय सुनिचित गर्न आवश्यक सबै कदम चालिनेछ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय