चोरेको तिलहरी बिक्री विवादमा साथीको हत्या, दुई बालक पक्राउ

चोरेको तिलहरी बिक्री विवादमा साथीको हत्या, दुई बालक पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या अभियोगमा उनकै दुई जना साथी पक्राउ परका छन् । माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगमा उनकै दुई साथीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बालक हराएपछि उनका परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घर नजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका थिए । उनीहरुको बयानका आधारमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो ।
‘तीन जना मिलेर कुनै घरबाट सुनको गहना तिलहरी चोरी गरी ल्याएका रहेछन्, बिक्री गर्ने क्रममा विवाद हुँदा साथमा भएका एक बालकको हत्या गरिएको रहेछ,’ पक्राउ परेका बालकको बयान उदृत गर्दै डिएसपी दाहालले भने, ‘हराएकै दिन माघ २५ गते बालकको मृत्यु भएको खुलेको छ, कानुनको विवादमा परेका बालकमाथि थप अनुसन्धान जारी छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय