केबलकार निर्माणको पक्षमा उभिएपछि धरानमा दलियो कालोमोसो

केबलकार निर्माणको पक्षमा उभिएपछि धरानमा दलियो कालोमोसो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विराटनगर- ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई कालोमोसो दलेको छ ।

केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै कालोमोसो दलेको हो ।

प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर कालोमोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।

पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याएको छ ।

पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले कालोमोसो दलेका हुन् ।

‘मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा  गाली गरेको थियो, त्यहीँ माफी मगाएको,’उनले भने,‘ केटाहरुले कालोमोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय