अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै, के भन्छ अस्पताल ?

अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै, के भन्छ अस्पताल ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित  बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

दुई जनाको उपचारमा प्रा डा वि.डी. झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली सामेल रहेका छन् । त्यस्तै प्रा. डा. शंकर मान राई, डा विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली र डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली उपचारमा खटिएका छन् ।

रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली पनि दुई जनाको उपचारमा संलग्न रहेकाे अस्पतालले जनाएकाे छ् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय