विद्युत् भूमिगत गर्ने क्रममा मेलम्ची पाइपलाइनमा क्षति, विद्युत् प्राधिकरणले स्वीकार गर्यो गल्ती

विद्युत् भूमिगत गर्ने क्रममा मेलम्ची पाइपलाइनमा क्षति, विद्युत् प्राधिकरणले स्वीकार गर्यो गल्ती

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ ।

बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न बनेको छ ।

यो क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत्‌लाइन भूमिगतको काम गरिरहेको थियो । उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ ।

उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी के.ई.आईले गरिरहेको छ ।

कम्पनीका सुपरभाइजर अविनाश बकुमारले आफूहरूकै गल्तीका कारण पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

‘वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिवस मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के. ई. आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

जी.आई.एस. म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको आयोजनाले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय