विद्युत प्राधिकरणको गल्तीले मेलम्चीको पाइप फुट्यो : खानेपानी मन्त्री 

विद्युत प्राधिकरणको गल्तीले मेलम्चीको पाइप फुट्यो : खानेपानी मन्त्री 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् ।

प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको मन्त्री यादवले बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधी काम गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’ उनले पाइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताएका छन् । ‘पाइपको पानी सबै सकिएपछि मात्रै रोकिन्छ,’ उनले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय