संसदमै सांसदले ‘गुहार’ मागेपछि…

संसदमै सांसदले ‘गुहार’ मागेपछि…

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले मंगलबार प्रतिनिधि सभामा गुहार मागेका छन् ।

शून्य समयमा उनले ‘गुहार, गुहार, गुहार’ भन्दै अभिव्यक्ति सुरु गरेका हुन् ।गुहार माग्दै उनले भने, ‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसदको अधिकार लुटेको छ ।’

सांसद भोटेले अगाडि भने, ‘कहिले १८ घण्टे लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले आदिवासी जनजातिले मान्दै आएको मुकुमलुङमा पाथीभरा संरक्षक आम नागरिकको मर्म लुटिएको छ ।’

यति भनेर उनले फेरि सरकार गुहारे, ‘गुहार सरकार, जताततै गाउँ बस्ती जलिरहेछ । वन जंगल जलिरहेको छ । सिंहदरवार जलिरहेको छ ।’

गत असोज दोस्रो साता सिंहदरवार नजिकै रहेको नख्खु खोलामा नागरिक बाढीले बगिरहँदा पनि पनि सरकार नभेटिएको उनले बताए ।

‘‘ २४ घण्टा भोटरले नदी बीचमा गुहार मागिरहेको छ । सरकार हेलिकप्टर चढिरहेको छ । रोम जलिरहेको छ, न्युरो बाँसुरी बजाइरहेको छ । तर, यहाँ सर्वसत्तावाद लादिरहेको छ’ उनले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय