रविले बुझाएको धरौटी रकम २ करोड ७९ लाख पुग्यो

रविले बुझाएको धरौटी रकम २ करोड ७९ लाख पुग्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

योसँगै लामिछानेले अदालत बुझाएको धरौटी रकम २ करोड ७९ लाख पुगेको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की अदालतले उनीसँग ६५ लाख रूपैयाँ धरौटी लिएको थियो। बुटवलको सुप्रिम सहकारीले उनीसँग १ करोड धरौटी लिएको थियो

त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैयाँ धरौटी मागेको थियो।

लामिछानेविरूद्ध अझै पर्सामा सानोपाइला सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता हुन बाँकी छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय