काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरूप उक्त क्लिप सेयर गरेका छन् ।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ । उनले बोल्न नदिने ऐन ल्याउने सरकारको कदमको विरोध गरेको बताएका हुन् ।
यस्तो छ भिडियो :
https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fvideos%2F1635342963766258%2F&show_text=false&width=560&t=0





