कति छ आज विदेशी मुद्राको विनिमय दर ?

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । 

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्वीस फ्र्यांक एकको खरिदर एक सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिंगापुर डलर एकको खरिदर एक सय एक रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ नौ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ छ पैसा, मलेसियन रिंगट एकको खरिदर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय