मन्तव्य दिएर मञ्चबाट ओर्लिने बित्तिकै ढलेका वडाध्यक्षको मृत्यु

मन्तव्य दिएर मञ्चबाट ओर्लिने बित्तिकै ढलेका वडाध्यक्षको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्षको मञ्चमा मन्तव्य दिएर ओर्लिने बित्तिकै मृत्यु भएको छ । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको हो ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय