लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो चार राउण्ड गोली

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो चार राउण्ड गोली

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार गरेको छ। गए राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

लोनियाले बिक्री वितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमाण्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउण्ड गोली लाग्दा उनी घाइते भएको बोहराले बताए ।

उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिइएको सूचना अधिकारी बोहराले जानकारी दिए । लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक जना व्यक्ति फरार भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय