बसको सिटमै मृत भेटिए यात्रु

बसको सिटमै मृत भेटिए यात्रु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जनकपुरधाम । काठमाडौँबाट धनुषाको जटही जान लागेको बसमा एक जना यात्रु मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट धनुषाको जटही चल्ने मधेश प्र.००४९००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा बसको सिटमै मृत फेला परेका हुन् ।

अहिले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिंहले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय