१० अंकले घट्यो नेप्से, कारोबार कति ?

१० अंकले घट्यो नेप्से, कारोबार कति ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर कारोबार भएको छ ।  १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार ५६४ पटक शेयर किनबेच भएको छ । 

यस्तै १३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने ८ वटा समूह घटेको छ । बसैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.५१ प्रतिशतले घटेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय