पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् ।

पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए ।

गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट)मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा र युक्ता गुरुङलाई मन्त्री पाण्डेले सम्मान गरे । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय