आफैलाई गोली हानेका प्रहरी जवान विष्टको मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवान विष्टको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय विष्टले गत माघ ९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेका थिए ।

गोली लागी विष्टको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि कैलालीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसअघि गत पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीकै समयमा आफैंमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने भने अहिले उपचारपछि घर फर्किसकेका छन् । प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय