मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान चलाउने

मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान चलाउने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन्।

माघ १४ गते सोमबारदेखि यस अभियानको शुरुवात हुने मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।

मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए। मिटरव्याजको विरूद्ध आन्दोलनको विस्तार गर्दै अगाडि बढाइने बताए।

सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नहुँदा चौथो चरणको आन्दोलनको तयारी गर्नुपरेको उनले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय