सडकमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित

सडकमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् ।

असई बुद्धिबहादुर भुजेल युवकलाई निर्घात कुटपिट गरेको आरोपमा निलम्बनमा परेका हुन् । असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए ।

पुस १५ गते राति ११ बजे भरतपुरको तीनखोले गुम्बानजिकै बाइपास रोडमा असई भुजेलले एक युवकमाथि निर्घात कुटपिट गरेका थिए । उक्त भिडिओ आज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ ।

उक्त समितिले घटनाबारे छानबिन गरिरहेको चितवन जिल्ला प्रहरीका एसपी गौतम मिश्रले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय