हमासले जारी गर्‍यो रिहा हुने तीन बन्धकको नाम

हमासले जारी गर्‍यो रिहा हुने तीन बन्धकको नाम

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।

टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकहरूको नाम जारी गरेको हो ।

रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् । तिनीहरूमध्ये एक, एमिली, इजरायल र बेलायतको दोहोरो नागरिकता छ ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए ।

युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय