विमान ढिलो भएपछि गायिका समिक्षा अधिकारी श्री एयरसँग आक्रोशित

विमान ढिलो भएपछि गायिका समिक्षा अधिकारी श्री एयरसँग आक्रोशित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गायिका समिक्षा अधिकारी श्री एयरलाइन्ससँग आक्रोशित बनेकी छन्।

विमानस्थल खुलेर अन्य एयरले उडान गर्दा पनि विहान ८ बजेको श्री एयरले २ बजेसम्म पनि नउडाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका अधिकारी आक्रोशित भएकी हुन्। 

यहि विमानका कारण आफूले केही दिनअघि नेपालगञ्जको कार्यक्रम समेत गुमाएको उनले स्मरण गरेकी छन्।

गायिका अधिकारी लेख्छिन्,‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनले जानकारी दिएकी छन्। 

‘अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।  केही दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु’ अधिकारी लेख्छिन्,‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsamikshya.adhikari.5209%2Fposts%2Fpfbid036xvitpSoe5MaCMeaPh6rnvUnCrDex7wYsaDS9mJXtmdwuH8VJR4evYNqZPQcm89Ml&show_text=true&width=500  

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय