नेप्से झिनो अंकले बढ्यो, कारोबारमा वृद्धि

नेप्से झिनो अंकले बढ्यो, कारोबारमा वृद्धि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ । 

बुधबार साढे ३ अर्बको कारोबार हुँदा आज भने बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार भएको छ । 

१५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४४७ पटक शेयर किनबेच भएको छ । 

७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । नेप्से बढ्दा १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह २.४० प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले बढेको छ । 

आज बसैभन्दा बढी ट्रेडिङ समूह २.०३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले बढेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय