सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ७ जनाको बयान सकियो

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ७ जनाको बयान सकियो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ अभियुक्तको बयान सकिएको छ।

जिल्ला अदालत कास्कीमा एक साताअघि सुरु भएको बयान मंगबार दिउँसो सकिएको हो।

सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले रविका साथै नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी, लिला पछाइँ लगायत सात जनाको बयान लिएको छ। बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ।

थुनछेक बहस न्यायाधीश नीतिज राईको इजलासमा हुनेछ। सुरुमा जोशी पक्षका अधिवक्ताले बहस हुने भएको छ। जोशी पक्षका कानुन व्यवसायी सोमबार नै कास्की पुगेका छन्।

सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकामा ७ जना मात्र अदालतमा उपस्थित छन्। थुनछेक बहस सकिएपछि अदालतले आरोपीलाई साधारण तारिख वा धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय