११० यात्रु सवार अजरबैजान विमान दुर्घटना

११० यात्रु सवार अजरबैजान विमान दुर्घटना

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

एजेन्सी । काजाकिस्तानको अक्ताउ शहर नजिकै यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

रूसी समाचार एजेन्सीहरूका अनुसार, उक्त विमान अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित थियो र बाकुबाट रुसको चेचेन्यास्थित ग्रोज्नी जाँदै थियो ।

ग्रोज्नीमा व्यापक कुहिरोका कारण अवतरण गर्न नसक्दा विमान अजरबैजानको अक्ताउ विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । अक्ताउ विमानस्थलमा विमान अवतरण गर्ने क्रममा जमिनमा झरेर आगो लागेको भिडियोहरुमा देखिएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार केही यात्रीहरू बाँच्न सफल भएका छन् । काजकिस्तानको आपतकालीन मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनास्थलमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

विमान सञ्चालक अजरबैजान एयरलाइन्सले दुर्घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जारी गरेको छैन ।

काजकिस्तानी सञ्चारमाध्यम कजाखका अनुसार, विमानमा १०५ यात्रु र पाँच चालक दलका सदस्य सवार थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय