‘हनी ट्रयाप’ प्रकरण : इन्स्पेक्टर बिनुकुमारी अदालतमा उपस्थित

‘हनी ट्रयाप’ प्रकरण : इन्स्पेक्टर बिनुकुमारी अदालतमा उपस्थित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन् ।

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएपछि बयान थालिएको छ ।

जिल्ला अदालत ललितपुरका प्रवक्ता एवम् सूचना अधिकारी रामसजीवन महतोले प्रहरी निरीक्षक शाही उपस्थित भएपछि बयान थालिएको बताए ।

बिनुकमारी बयानमा उपस्थित भएसँगै अब बयान लिइसकेर मुद्दाको सुनुवाइ प्रक्रिया पनि अघि बढेको छ ।

मोरङ निवासी एकजना घरजग्गा कारोबारीलाई ‘हनी ट्रयाप’मा पारेर रकम असुलेको घटनामा शाहीलाई पनि प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय