मुग्लिन–नौबिसे सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने

मुग्लिन–नौबिसे सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मुग्लिङ-नौबिसे सडकखण्ड आज पुस ७ गतेदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।

पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे । सो निर्णय अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।

सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ ।

पोखरेभिर मोड सुधारका लागि गल्छी-बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ । यसैगरी हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिने छ ।

विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा  हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ ।

सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय